
शनिवार , आषाढ ३०, २०८०
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई तथा नागरिक प्रतिवेदन परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा गाउापालिकाले गरेका कार्यक्रमको कार्यान्वयन अबस्था, बजेट खर्च, सेवा प्रवाहका बारेमा नागरिकका गुनासोहरु समेटएिको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका सेवाग्राहि तथा स्थानियहरुले गाउँपालिकाले प्रवाह गर्ने सेवालाई चुस्त र समय सापेक्ष सहज र प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका छन् ।
उनीहरुले सियारी गाउँपालिकाले अगाडि बढाएका योजनालाई प्रभावकारी ढंगबाट अगाडि बढाउन आग्रह गर्दै बिकास निर्माणका कार्यलाई समान ढङगबाट अगाडि बढाउन जोड दिएका छन् ।
सार्वजनिक कार्यक्रममा सुझाव राख्दै सियारी एकका स्थानिय अमर पुन मगरले कार्यपालिका बैठकलाई प्रत्यक्ष प्रशारण गर्नु पर्नेमा जोड दिए । उनले पालिकाको आम्दानीको बलियो श्रोतको रुपमा रहेको नदिजन्य पदार्थको उत्खननलाई प्रभावकारी बनाउन आग्रह गरे ।
सियारी ६ का स्थानिय राजन चौधरीले बर्दवा गाउँमा सडक तथा नाला निर्माणमा बिशेष ध्यान दिन पालिकासंग आग्रह गरे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय रविन्द्र धवल, हेम बहादुर रोका, शैलेश उपाध्याय, संजय गुप्ता लगाएतले सुझाव दिदै तस्करी नियन्त्रणका लागि स्थानिय पालिका र शुरक्षा निकायले बिशेष पहल गर्नु पर्नेमा जोड दिए ।
स्थानिय सेवाग्राहि र कर्मचारी गरी झण्डै तीन सय जनाको सहभागिता रहेको कार्यक्रममा सहभागिले उठाएका प्रश्न र जिज्ञासाका बिषयमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ लगाएतले जवाफ दिएका थिए ।
अध्यक्ष घिमिरेले सियारी गाउँपालिकामा आफुहरु निर्वाचित भएर आएपछि कृषि क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उनले उत्पादनका आधारमा कृषकहरुलाई माछा, दुध र नगदे बालीमा अनुदान दिएको बताए । उनले सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहि दिएका सुझावलाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । पालिकाले सुधार गर्नु पर्ने बिषयमा आफुहरु गंभिर भएर लागेको बताउदै अध्यक्ष घिमिरेले स्थानिय, राजनीतिक दल, समाजसेवी सहित सबैको सल्लाह र सुझाव अनुसार पालिकाको बिकास गरिने बताए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले सियारी गाउँपालिकाले सिमित श्रोत र साधनका वीच जनताले महशुष गर्ने गरी काम भएको उल्लेख गरे । उनले सियारी गाउँपालिकाले एक बर्ष भित्रमा भए गरेका उपलब्धीका बिषययमा ंजानकारी गराएका थिए ।
सियारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले बिकास निर्माणका सन्दर्भमा सबै जना एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij