२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन

आइतवार , आषाढ ३१, २०८०

  • 892
    Shares
  • 892
    Shares
  • बुटवल, ३१ असार ।
    रोटरी क्लब अफ बुटवलको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एक समारोहकाबीच वर्ष २०२३/०२४ का अध्यक्ष करुण खनाल नेतृत्वको टीमको पदस्थापन गरिएको हो ।

    पदस्थापन कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको भन्दै अझ बढी क्रियाशिल भएर रोटरी अघि बढ्नुपर्ने बेला आएको बताए । 

    रोटरीमा युवाहरुको नेतृत्व स्थापित गर्नका लागि पहल भइरहेको भन्दै यसले रोटरीलाई अझ बढी क्रियाशिल हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले रोटरी इन्टरनेशनल र रोटरी डिष्ट्रिकले लिएको लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न पनि रोटरी क्लब अफ बुटवललाई आग्रह गरे ।

    कार्यक्रममा क्लबका अध्यक्ष करुण खनालले वर्ष २०२३/२४ का लागि आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । अध्यक्ष खनालले अहिलेसम्म यो क्लब मातहत १२ वटा रोटरी क्लब, ६ वटा रोट्रयाक्ट क्लब, ३ वटा इन्ट्रयाक्ट क्लब र तीनवटा आरसिसी क्लब रहेको भन्दै आफ्नो कार्यकालमा यसलाई थप विस्तार गर्ने योजना बनाएको बताए ।
    त्यसअवसरमा मिस नेपाल श्रृक्षा प्रधान, प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्य, रोटरी क्लब अफ पाल्पा लुम्बिनीका चार्टड प्रेसिडेन्ट गोपाल पोख्रेल, रोट्रयाक्ट क्लब अफ बुटवलका अध्यक्ष अर्जुन खनाल, इन्ट्रयाक्ट क्लब अफ पामिर एकेडेमीका अध्यक्ष आयुष्मा ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

    त्यसअवसरमा क्लबद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो । कार्यक्रममा नयाँ सदस्यको रुपमा न्यूरो सर्जन डा. पवन श्रेष्ठ, फर्मासिस्ट रुचिका पोख्रेल, व्यवसायीहरु डीआर पन्थी, प्रेमराज गैरे, महेन्द्र उपाध्याय, पत्रकार नवराज कुँवर, व्यवसायीहरु रमेश रौनियार र भिमलाल न्यौपाने इण्डक्सन गराइएको थियो । नयाँ सदस्यहरुलाई एसाइन एजी सुरज क्षेत्रीले इण्डक्सन गराएका थिए भने डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले क्लवको पिन प्रदान गरेका थिए ।