२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

रोटरी तिनाउ बुटवलद्वारा दृष्टिबिहीनलाई सेतो छडी प्रदान

आइतवार , आषाढ ३१, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, ३१ असार ।
    रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिबिहीन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ का ४ जना दृष्टिबिहीन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो ।

    शनिवार आयोजित कार्यक्रममा दृष्टिबिहीन रहेका शितगंगा नगरपालिका–२ सितापुरका तारापती क्षेत्रीमार्फत सेतो छडी प्रदान गरिएको क्लबले जनाएको छ । जन्मिदै दृष्टिबिहीन रहेका क्षेत्री सितापुरस्थित शान्ति आधारभूत विद्यालयका शिक्षकसमेत हुन् ।

    सो अवसरमा बोल्दै शिक्षक क्षेत्रीले दृष्टिबिहीनहरुका लागि सेतो छडी सहायक सामग्री मात्र नभइ यात्राको सहयोगीसमेत रहेको बताए । आफू जन्मिदै दृष्टिबिहीन भए पनि सेतो छडीकै सहायताले विद्यालय गएको र अहिले शिक्षक बन्न सक्ने भएकोले सेतो छडी आफूहरुको लागि सामान्य नरहेको बताए।

    तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा दृष्टिबिहीनहरुलाई यात्रामा धेरै समस्या हुने गरे पनि सरकारले सेतो छडी समेत प्रयाप्त उपलब्ध गराउन नसक्नु निकै दुखदायी भएको उनले गुनासो गरे ।

    क्लबका अध्यक्ष अमृता भुसालले द्वितीय उपाध्यक्ष सावित्रा घिमिरेको विशेष पहल र सक्रियतामा सेतो छडी प्रदान गरिएको बताइन् ।