२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

‘भैरहवा गाउँ टोल सुधार समिति’ गठन, अध्यक्षमा अधिकारी

आइतवार , आषाढ ३१, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ३१ असार । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा ‘भैरहवा गाउँ टोल सुधार समिति’ गठन गरिएको छ । शनिबार भैरहवा गाउँमा भएको टोल समिति भेला तथा गठन कार्यक्रममा ठाकुर प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय ‘भैरहवा गाउँ टोल सुधार समिति’ गठन गरिएको हो । समितिको उपाध्यक्षमा बिनोद विश्वकर्मा, सचिवमा सुजाता क्षेत्री, कोषाध्यक्षमा विष्णु प्रसाद काफ्ले र सह–सचिवमा मनोज कुमार ढाडी रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा बाबुराम न्यौपाने, उर्मिला भट्ट, राजाराम ढाडी, सावित्री बराल, हरि जयसवाल र माधव लम्साल तथा आमन्त्रित सदस्यहरुमा सरिता कोईराला र बबिता बस्याल रहेका छन् ।

    त्यसै गरी सल्लाहकार समितिमा कृष्ण राज ढुंगाना, नन्दलाल शर्मा, प्रकाश ढाडी, डोलराज भण्डारी, खेमराज बस्याल, राम बहादुर श्रेष्ठ, पुनम क्षेत्री न्यौपाने र सुरेन्द्र प्रधान रहेका छन् ।

    टोल सुधार समिति भेला तथा गठन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले आफ्नो गाउँ ठाउँको विकासमा स्थानीयबासीको अग्रसरता आवश्यक रहेको बताए । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, वडा सदस्य सुष्मा प्रधानको स्वागत तथा ठाकुर प्रसाद अधिकारीको सञ्चालनमा रहेको थियो ।

    भैरहवाकै उद्गम स्थल मानिने भैरहवा गाउँको समग्र विकासका लागि ‘भैरहवा गाउँ टोल सुधार समिति’ गठन गरिएको समितिका सह–सचिव मनोज कुमार ढाडीले बताए ।