२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

इन्ट्रयाक्ट क्लब अफ एलायन्स डाउनटाउनले मनायो दोस्रो स्थापना दिवस

आइतवार , आषाढ ३१, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ३१ असार ।
    इन्ट्रयाक्ट क्लब अफ एलायन्स डाउनटाउनले दोस्रो स्थापना दिवस (चार्टर-डे) मनाएको छ । बुटवलको हिलपार्क रोटरी भवनमा एक कार्यक्रम आयोजना गरी शनिबार सो दिवस मनाइएको थियो । 

    क्लबका संस्थापक अध्यक्ष कल्पित नेपालको नेतृत्वमा क्लब गठन भएको थियो र हाल वर्ष २०२३–०२४ का लागि रिगेश शर्माले नेतृत्व लिएका छन् ।  

    रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल, पूर्वअध्यक्ष राजेन्द्र ढकाल, रोटरी डाउनटाउनका सचिव प्रकाश पौडेल,  क्लबका सल्लाहकार रोट्रयाक्टर तिलक अधिकारी लगायतको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने सहभागीहरुले क्लबले विभिन्न रचनात्मक कामहरु गर्दै आएको भन्दै क्लबले अझै राम्रो काम गरोस् भन्दै शुभकामना व्यक्त गरे ।

    स्थापनाको छोटो समयमै जिल्लामै छुटै पहिचान बनाउन सफल भएको इन्ट्रयाक्ट क्लब अफ एलायन्स डाउनटाउनले विभिन्न कार्यक्रमहरु गरी समाज रुपान्तरणमा योगदान दिएको जनाएको छ । 

    १२–१८ वर्ष उमेर समूहका विद्यार्थीहरु आबद्ध यो क्लबमा बुटवल, दाङ, धनगढी क्षेत्रसम्मका सदस्यहरु रहेका छन । प्रतिक्षा खरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।