images

सोमवार, बैशाख १७ गते २०८१

चिनियाँ महिला शिक्षिकाले जब खानामा विष मिसाइन ...

चिनियाँ महिला शिक्षिकाले जब खानामा विष मिसाइन ...

images
images
images
आइतवार, आषाढ ३१ २०८०
आइतवार, आषाढ ३१ २०८०
  • चिनियाँ महिला शिक्षिकाले जब खानामा विष मिसाइन ...

    बेइजिङ, ३१ असार । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । 

    images

    महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएकाे र जसमध्य  एक बालकको मृत्यु भएकाे अाराेपमा उनलाइ फाँसी दिइएकाे हाे ।

    साे पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो।

    चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षकले यो घृणित घटना घटाएकी थिइन् । दोषी शिक्षकले बालबालिकालाई नाइट्रेटको रुपमा विष दिएका थिए । यसपछि २०२० मा नै सजाय भोगेका आरोपी शिक्षकलाई प्रहरीले हिरासतमा लिएको थियो । तर, ३९ वर्षीय वाङ युनले सन् २०२० को सेप्टेम्बरमा सुनाइएको सजायको विरुद्ध हेनान प्रान्तको जियाओजुओ सिटी इन्टरमिडिएट पिपुल्स कोर्टमा अपिल गरे जुन अदालतले खारेज गरिदियो।

    चिनिया सञ्चारमाध्यमका अनुसार गत शुक्रबार अदालतले वाङको अपराधको पहिचान पुष्टि गर्यो, उसलाई मृत्युदण्डको स्थलमा लगियो र मृत्युदण्डको सजाय सुनाइएको थियो । विद्यार्थीहरूको व्यवस्थापन भन्ने विषयमा एक सहकर्मीसँगको विवादपछि २७ मार्च २०१९ मा मेङ्मेङ प्रि स्कूल एजुकेशनमा बालबालिकाहरूलाई दिइने खाजामा विषाक्त सोडियम नाइट्राइट थपेको वाङलाई दोष लगाइएको थियो।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएको थियो । र १० महिनाको उपचारपछि उनको मृत्यु भयो । वाङको यो केसले चीन लगायत विश्वको ध्यानाकर्षण गराएको थियो । 

    यसअघि महिला शिक्षिकाले पनि श्रीमानलाई विष खुवाएर घाइते बनाएकी थिइन् । यद्यपि दोषी शिक्षकले किन यो सबै गरे भन्ने खुल्न सकेको छैन ।

    मानव अधिकार एनजीओ एम्नेस्टी इन्टरनेशनलको अनुमान अनुसार चीनले हरेक वर्ष हजारौं मानिसलाई मृत्युदण्ड दिने गरेको छ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै हो।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij