२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

लायन्स भलवारी सिटीद्वारा स्वर्गद्वारी रोहिणी घाटमा बृहत वृक्षरोपण

आइतवार , आषाढ ३१, २०८०

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, ३१ असार । 
    लायन्स क्लब अफ भलवारी सिटीको आयोजनामा तिलोत्तमा नगरपालिका–१० स्थित सगरवामा रहेको स्वर्गद्वारी रोहिणी घाटमा बृहत वृक्षारोपण गरिएको छ । 

    उक्त घाटमा विभिन्न प्रजातिका ५ सय बिरूवा वृक्षरोपण गरिएको कार्यक्रम संयोजक तुलसी थारूले जानकारी दिइन् । वृक्षारोपण कार्यक्रममा सदवन, आँप, तेजपत्ता र सगुनको विरूवा रोपण गरिएको सह–संयोजक अशोक कुमार चौधरीले जानकारी दिए । 

    lion bhalwari.jpg

    लायन्स क्लब अफ भलवारी सिटीकी अध्यक्ष दुर्गा खाम्चा थापाको अध्यक्षता तथा सचिव राम बहादुर थारूको सञ्चालनमा भएको थियो । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ पी का सेक्रेटरी विनोद खरेलले वृक्षरोपणले प्रकृति तथा मानवजातिमा हुने फाइदाबारे प्रकाश पारेका थिए ।

    कार्यक्रममा लायन्स रिजन चेयरपर्सन श्रवण कुमार थापा खाम्चा, तिलोत्तमा वडा नम्बर १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे, तिलोत्तमा–१० का पूर्व अध्यक्ष व्यासमुन थारूलगायतले बोल्दै वृक्षारोपणपछि विरुवाको संरक्षणमा पनि पनि ध्यान दिन आग्रह गरे ।