२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

लायन्स सिद्धार्थनगर युथद्वारा खाद्यान्न वितरण र वृक्षारोपण

आइतवार , आषाढ ३१, २०८०

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, ३१ असार ।
    लायन्स क्लब अफ सिद्धार्थनगर युथले भैरहवाका विद्यालयमा खाद्यान्न सामग्री वितरण र वृक्षारोपण कार्यक्रम गरेको हो । क्लबले शनिबार सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री बहिरा बाल विद्यालयमा खाद्यान्न वितरण तथा वृक्षारोपण र सिद्धार्थनगर–११ स्थित श्री भुजौली प्राविमा वृक्षारोपण गरेको हो ।

    सिद्धार्थनगरलाई हराभरा बनाउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको क्लबका सचिव हरि आचार्यले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पीएमजेएफ बालाराम भट्टराईले एकै दिन दुईवटा कार्यक्रम गर्नु सराहनीय रहेको बताए ।

    361271482_246843164793962_2951255916482194053_n.jpg

    कार्यक्रममा डिष्ट्रिक क्याबिनेट सेक्रेटरी विनोद खरेल, बहिरा बाल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डे लगायतले बोलेका थिए ।

    विद्यालयमा रोपिएको विरुवाको संरक्षणको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने र क्लबले पनि सहयोग गर्ने क्लबका निर्देशक शिवु आलेले बताए । 

    क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष सन्दिप नाथ गोंगलको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पीएमजेएफ बालाराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथका एक्सटेन्सन चेयर पर्सन तथा डिष्ट्रिक ३२५ पी का  क्याविनेट सेक्रेटरी लायन विनोद खरेल, डिष्ट्रिक एलसीआईएफ कोर्डिनेटर एमजेएफ सन्दिप कसौधन, डिष्ट्रिक ३२५ पी एरिया ५ का एरिया चिफ दीपक कौसल, लायन्स सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठ, क्लबका पूर्व अध्यक्षद्वय असिम सैजु, प्रशान्तमणि रामदाम, निर्वतमान अध्यक्ष लायन अनित कुमार गुप्ता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डे, प्रधानाध्यापक भिम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

    361378123_230416953234769_3962878136108110725_n.jpg

    कार्यक्रम संयोजकद्वय सुदिप पाण्डे र राजेश शर्मा खरेलको स्वागत तथा लायन्स सिद्धार्थनगर युथका सचिव हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।