२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लायन्स सिद्धार्थनगर लोटसले मनायो तेस्रो स्थापना दिवस

आइतवार , माघ ४, २०७७

भैरहवा, ४ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले आइतबार तेस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा क्लबका संस्थापक अध्यक्ष अनिता थापासहित २० जनालाई लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले सम्मान गरेका थिए ।

सो अवसरमा पिस पोस्टर कन्टेष्टका विजेताहरुलाई पुरस्कृत समेत गरिएको थियो । लोटसले आयोजना गरेको पिस पोस्टर कन्टेस्टमा प्रथम हुने जेसीज किण्डर गार्डेन इङलिस स्कूलका सुरक्षा ज्ञवाली, दोस्रो हुने सेलिना लामा, तेस्रो हुने आयुसमान गुरुङ र सान्त्वना हुने अमरज्योति स्कूलकी चेल्सी गुरुङलाई पुरस्कृत समेत गरिएको थियो ।प्रतियोगितामा २१ जना विद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई खादाले सम्मान गरी प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा प्रसिद्ध चित्रकार बासुकी शमसेर जबरालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले पछिल्लो समय भैरहवामा धेरै लायन्स क्लब स्थापना भएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले एक्लै सामाजिक सेवा गर्न नसकिए पनि समुहमा सामाजिक सेवा गर्न सकिने बताए ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ महेशचन्द थापाले लायन्स क्लबमा आबद्ध भइसकेपछि लायन्सको मुल्य मान्यता अनुसार अगाडी बढ्नुपर्ने बताए । स्ट्राटिजिक चिफ ओम कुमार श्रेष्ठले भोकमरी निवारण गर्ने अभियानमा लायन्स क्लबहरु लाग्नुपर्नेमा जोड दिए ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका अनरी एडभाइजर दिपक क्षेत्री न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले उदाहरणीय कार्य गरेको चर्चा गरे । डिष्ट्रिक डिर्पाटमेन्ट चिफ रुपमा हिराचनले लायन्स क्लब जन्माउनु ठूलो कुरा नभइ यसलाई हुर्काउनु ठूलो कुरा रहेको बताइन् । रिजन चेयरपर्सन अमृत थापाले क्लबले आगामी दिनमा पनि रचनात्मक कामहरुलाई निरन्तरता दिनुपर्ने बताए । जोन चेयरपर्सन ओम जैसीले क्लबले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यले क्लबले उत्कृष्ट कार्यहरु गर्दै आएको बताए । लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी संस्थापक अध्यक्ष अनिता थापाले क्लबले अझ रचनात्मक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । क्लबकी अध्यक्ष दुर्गा आचार्यको अध्यक्षता, प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक मञ्जु खरेलको स्वागत तथा सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

jjjj.jpgमहिलाहरु मात्रै सदस्य रहेको लायन्स सिद्धार्थनगर लोटसको जनवरी १७, २०१८ मा लायन्स क्लब अफ सिद्धार्थनगरको स्पोन्सरमा स्थापना भएको थियो ।