२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

कृषक आदर्श मावि बेतकुइयाँका उत्कृष्ट विद्यार्थी पुरस्कृत

सोमवार , श्रावण १, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १ साउन ।
    रूपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत भएका छन् । २०७९ सालको एसईई (कक्षा १०) परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल भएका विद्यार्थीलाई सम्मरीमाई ७ नम्बर वडा कार्यालयले पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेमा सन्तोष यादव, ओम प्रकास मौर्या, संजय यादव, सत्यवती गोसाइ, संदीप मौर्या, रीमा कुर्मी, द्वारिका लोध, सुरज मुराव, शैलेन्द्र बरइ, करिस्मा लोहार परमेन्द्र प्रजापति, प्रतिभा शुक्ला, सरिता यादव, विशाल यादव, ममता मुराव, महेश मल्लाह र परमेश्वर यादव रहेका छन् ।

    एसईई परीक्षा–२०७९ मा गाउँपालिकामै उत्कृष्ट जीपीए ल्याउन सफल भएका सन्तोष यादव, ओम प्रकाश मौर्या, संजय यादवसहित १७ जना विद्यार्थीलाई वडा कार्यालय, बेतकुइयाँले एक कार्यक्रमकाबीच नगदसहित सम्मान गरेको हो ।

    पुरस्कार वितरण गर्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले शिक्षक, अभिभावक र विद्यार्थीसमेतको साझा परिश्रमले सम्पूर्ण गाउँपालिकालाई गौरवान्वित बनाएको बताए । उनले भने, ‘हाम्रा विद्यार्थी हाम्रा भविष्य हुन, यिनलाइ राम्ररी निखार्न गाउँपालिकाले हरसम्भव सहयोग गर्न तयार छ ।’ उनले आगामी दिनमा शिक्षामा अझ बढी बजेट छुट्याउने बताए ।

    361471891_9676097919130306_651606282110788700_n.jpg

    शारदा प्रसाद मिश्रको सञ्चालन, वडा नम्बर ७ का वडाध्यक्ष राधेश्याम कुर्मीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक उमाकान्त अर्यालले विद्यार्थीलाइ बधाई दिने क्रममा ७ वडा कार्यालय, शिक्षक र विद्यार्थीको प्रशंसा गर्दै सबैलाई भावुक बनाए । उनले भने, ‘वडाध्यक्षको अभिभावकत्वले विद्यालयलाइ हौसला प्रदान गरेको छ ।’

    बधाई तथा सम्मान कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडाअध्यक्ष अजय गुप्त, शिक्षा शाखा प्रमुख रामदास गौड, वडा सचिव बसन्तराम यादव, सहायक प्र.अ.राजेश यादव र परीक्षामा उत्कृष्ट नतिजा ल्याइ पुरस्कृत भएका विद्यार्थी सन्तोष यादवलगायतले बोलेका थिए ।