२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

सरकारले घटायो सार्वजनिक यातायातको भाडा

सोमवार , श्रावण १, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १ साउन । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । 

    पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । 

    स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

    इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 

    घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ ।