images

आइतवार, बैशाख १६ गते २०८१

बुटवल–१६ वडा कार्यालयले भूमिगत सिंचाई आयोजनाको विद्युतीय महशुल तिरिदिने

बुटवल–१६ वडा कार्यालयले भूमिगत सिंचाई आयोजनाको विद्युतीय महशुल तिरिदिने

images
images
images
सोमवार, श्रावण १ २०८०
सोमवार, श्रावण १ २०८०
  • बुटवल–१६ वडा कार्यालयले भूमिगत सिंचाई आयोजनाको विद्युतीय महशुल तिरिदिने

    बुटवल, १ साउन ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ ले भूमिगत सिंचाई आयोजनाको विद्युतीय महशुलदेखि खानेपानीको महशुल तिरिदिने भएको छ ।  नयाँ आर्थिक वर्ष सुरु भएपछि वडाको कार्यालय नरैनापुरमा सोमबार वडाध्यक्ष र सदस्यहरुको बसेको बैठकले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुलदेखि १० युनिट पानी खपत गर्ने घरको खानेपानीको महशुल वडाले तिरिदिने निर्णय गरेको हो । 

    images

    करिब ४ सय हेक्टर भूमिमा खेती हुँदै आएको वडामा समूहगत रुपमा सञ्चालनमा आएका ५ वटा भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुल तिर्ने निर्णय गरेको वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए । करिब ६७५ घरधूरी रहेको वडामा सिंचाईको लागि आकाशे पानी र भूमिगत सिचाईको भर पर्नुपर्ने बाध्यता छ । एक घण्टा भूमिगत सिंचाई प्रयोग गरेवापत कृषकले २ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म तिर्न बाध्य थिए ।

    भूमिगत सिंचाईको पानीको महशुल महंगो हुने भएकाले वडा कार्यालयले विद्युतीय महशुल तिरिदिने निर्णय गरिएको वडाअध्यक्ष पौडेलले बताए । यसको लागि वडाले ५ लाख बजेटको ब्यवस्था गरेको र किसानलाई केही भए पनि राहत मिल्ने उनले जानकारी दिए । त्यस्तै वडाले १० युनिट खानेपानी खपत गर्ने घरको महशुल तिरिदिने निर्णय गरिएको उनले बताए । यसबाट करिब १५० घरधुरी लाभान्वित हुने आकलन गरिएको पौडेलले बताए ।

    बुटवल उपमहानगरपालिकाबाट वडा नम्बर १६ लागि यस आर्थिक वर्षमा वडाले खर्च गर्न पाउने ७२ लाख बजेट परेको बताउँदै उनले यही बजेटबाट किसान तथा विपन्न परिवारलाई राहतका कार्यक्रम ल्याइएको बताए ।
    वडा कार्यालयले सिंचाईको महशुल तिरिदिने भएपछि कृषकहरु खुशी भएका छन् । यसले गर्दा वडामा कृषि उत्पादनमा वृद्धि हुने र किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा लिइएको छ ।  

    त्यस्तै वडा कार्यालयमा आउने सेवाग्राहीलाई फोटोकपी र निवेदनमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको वडाअध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै नरैनापुर आभारभूत विद्यालयमा सीसीटिभी क्यामेरा जडान, सार्वजनिक शौचालय निर्माण र २ वटा सार्वजनिक स्थलमा निःशूल्क वाईफाईको व्यवस्था वडाले गर्ने भएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij