२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लायन्स बुटवल स्टार्सद्वारा विद्यालयमा सहयोग

मंगलवार , श्रावण २, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, २ साउन ।
    लायन्स क्लब अफ बुटवल स्टार्सले वृक्षारोपण कार्यक्रम तथा विद्यालयमा स्टेनशनरी सामग्री प्रदान गरेको छ । देवदह नगरपालिका–३ केउलीस्थित सरस्वती आधारभुत विद्यालयमा लायन्स डिष्ट्रिक ३२५ (पी) का फष्ट भिडीजी पुरुषोत्तम भक्त प्रधानाङ्ग, लायन्स डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भिडिजी बालाराम भट्टराई, क्लवबा अध्यक्ष रिंकु लिगलको सहभागीतामा वृक्षरोपणसहित विद्यालयमा सहयोग प्रदान गरिएको हो ।

    क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक चिफ पी.एन. पाण्डेको जन्मदिनको अवसरमा पारेर उक्त कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक खुम बहादुर सारुलाई १५ हजार रुपैयाँ बराबरको स्टनेशरी सामान  प्रदान गरिएको हो ।
    साथै क्लबले विद्यालय प्रांगणमा फलफूलका विरुवा रोपेर लायन्सको वातावरण संरक्षण अभियानमा एउटा ईट्टा थप्न क्लब सफल भएको  क्लबका अध्यक्ष रिंकु लिगलले जानकारी दिए । 

    अब्दुल सलामतको संयोजकत्वमा भएको कार्यक्रममा राम बहादुर शाही लगायतले आ–आफ्नो भनाइ राखेका थिए   ।