बुधवार , श्रावण ३, २०८०
भैरहवा, ३ साउन ।
मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता–२०८० मा सहभागी हुन नेपाल आएका भारतीय खेलाडी तथा प्रशिक्षकलाई स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी प्रदेश बक्सिङ संघ तथा रुपन्देही जिल्ला बक्सिङ संघले बुधबार खेलाडी तथा प्रशिक्षकलाई सीमा नाका बेलहिया नाकामा स्वागत तथा सम्मान गरेको हो ।
प्रतियोगितामा सहभागी हुन आएका ८ जना पुरुष र ६ जना महिला (प्रशिक्षकसहित) गरी १४ सदस्यीय टोलीलाई स्वागत गरिएको श्री बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेले बताए ।
रुपन्देही जिल्ला बक्सिङ संघका उपाध्यक्ष सन्तोष गुरुङको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखाका सभापति सुमन शर्माको प्रमुख आतिथ्यता तथा रेडक्रस सोसाइटी बेलहिया शाखाका कोषाध्यक्ष माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
साउन ४ गतेदेखि पोखरा र काठमाडौंमा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने रेडक्रस बेलहियाका कोषाध्यक्ष शर्माले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
