२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

शुक्रवार , श्रावण ५, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ५ साउन । 
    आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनहरुद्वारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन । 

    भद्रकालिमा भेला भइ न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् । 

    भ्रष्टाचार विरोधी तथा सुशासनको पक्षमा, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।