२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

बुटवलले खोल्यो कालिकापथ र नेपालगंज रोडको अर्को निकास 

शनिवार , श्रावण ६, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, ६ साउन । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो ।

    यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगंज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले ४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मदत गर्ने बताए ।
    उनले अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताए ।

    ‘कालिकापथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ–उनले भने–यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगंज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ ।’

    सो क्षेत्रमा डोजर लगाएर बुटवल उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।