२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा बाल मन्दिरमा वृक्षारोपण

आइतवार , श्रावण ७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ७ साउन ।
    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालय परिसरमा वृक्षारोपण गरेको छ ।  शनिबार एक कार्यक्रमकाबीच फल तथा फूलका गरी ३० वटा विरुवा रोपिएको संघका अध्यक्ष सतिष कुमार कौसल (दीपक)ले बताए । उनले वातावरणको संरक्षणमा रुख–विरुवाको महत्वपूर्ण भूमिका रहने भएकाले वृक्षारोपण गरिएको बताए ।

    संविधानसभा सदस्य सीमा कुमारी कौसलको प्रमुख आतिथ्यता, नेपाल सुनचाँदी व्यवसायी महासंघ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरीको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, श्री बाल मन्दिर आधारभूत विद्यालयका अध्यक्ष साजन भण्डारी र सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष विक्रम बहादुर सुनारको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    अध्यक्ष दीपक कौसलकी स्वर्गीय माता शान्ति देवी वि.क., वरिष्ठ उपाध्यक्ष राजन रसाइलीका स्वर्गीय पिता तेज बहादुर विश्वकर्मा र उपाध्यक्ष किस्मत विश्वकर्माका स्वर्गीय दाजु किसन वि.क.को स्मृतिमा विरुवा सौजन्य भएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले जनाएको छ ।