२०८३, श्रावण १८ गते

Aug 03 2026 | २०८३, श्रावण १८ गते

सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नुपर्छ : कमल थापा 

आइतवार , श्रावण ७, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ७ साउन ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एअर फोर्स बनाउनुपर्नेमा जोड गरेका छन् ।
    नेपाली सेनाको संख्या घटाउने बहस भइरहदाँ अध्यक्ष थापाले एअर फोर्स खडा गर्नुपर्ने नयाँ सुझाव दिएका हुन् । 

    ‘नेपाली सेनाको संख्या घटाउनुपर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधनश्रोत दिई चुस्तदुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ,’ उनले भनेका छन, ‘शान्ति सेना, राष्ट्र निर्माण र विपद न्यूनीकरणको काममा सेनाको प्रयोग बढाउनुपर्छ ।’