
सोमवार , माघ ५, २०७७
बुटवल, ५ माघ ।
तिनाउ साईक्लिङ क्लबले बुटवलका सडक बालबालिका र विभिन्न आश्रमका आश्रितहरुलाई न्यानो कपडा वितरण गरेको छ । युवाहरुलाई साईकल मार्फत एकताबद्घ गर्दै स्वस्थ र पर्यटन प्रवद्घनसहित स्थापना भएको क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार न्यानो कपडा वितरण गरेको हो ।
शितलहर र चिसो बढेसंग सडकपेटीमा अनाथ अपाङता भएकाहरु समस्यामा परेको समाचार आएपछि अभियानका रुपमा कार्यक्रम गरेको क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । क्लबका सदस्य तथा विभिन्न सहयोगदाताहरुबाट संकलन गरिएको कपडा वितरण गरिएको उनले बताए ।
कार्यक्रम गर्न क्यास्टल, नमस्ते क्याफे एण्ड रेष्टुरेण्ट, भिक्टर्स, रिफ्रेस क्याफे र झोल ममः लगायत रेष्टुरेण्टहरुबाट सहयोग भएको संयोजक सुशील तुलाचनले बताए । योगीकुटी चोक, राजमार्ग चौराहा, मिलनचोक, ट्राफिक चोक लगायतका स्थानमा कपडा वितरण गरिएको क्लबका उपाध्यक्ष सृजन श्रेष्ठ र सचिव बिराज शाहीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij