images

शनिवार, बैशाख २२ गते २०८१

गुल्मीमा गरीब परिवारको पहिचान गरी परिचयपत्र वितरण गरिने

गुल्मीमा गरीब परिवारको पहिचान गरी परिचयपत्र वितरण गरिने

images
images
images
सोमवार, माघ ५ २०७७
सोमवार, माघ ५ २०७७
  • गुल्मीमा गरीब परिवारको पहिचान गरी परिचयपत्र वितरण गरिने

    गुल्मी, ५ माघ । 
    गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहमा गरीब परिवार पहिचान गरी गरिबी परिचय–पत्र वितरण हुने भएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्ने गरी गुल्मीका सबै स्थानीय तहमा गरिबी परिचय–पत्र वितरण गर्न लागिएको छ । गरिबी परिचयपत्र वितरणका लागि जिल्लाका सबै स्थानीय तहबाट भएका सुपरीवेक्षक तथा गणक छनोट भइसकेका छन् । 

    स्थानीय तहबाट छनोट भएका सुपरिवेक्षक तथा गणकलार्ई माघ ५ गते देखि १० गतेसम्म गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सम्बन्धमा प्रशिक्षण संचालन  गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । प्रशिक्षण कार्यक्रम ६ दिनसम्म सञ्चालन हुनेछ । जिल्लाका स्थानीयहरुले चारदेखि सात जनासम्म गणक नियुक्त गरेका छन् । भने सबै पालिकामा एक÷एक जना सुपरीवेक्षक नियुक्त गरिएको छ । गणकहरुले एप्सको माध्यमबाट नागरिकको घरमा पुगि हरेक परिवारको विभिन्न विवरण संकलन गर्नेछन् । गरिबी निवारण तथा परिचयपत्र वितरण प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले गरेकी छन् । प्रजिअ शर्माले उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय तहमा खटिएका सुपरीवेक्षक तथा गणकले गाउँका सबै टोल बस्तीमा पुगेर तथ्यसहितको तथ्यांक संकलन गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेकी छन् । 
    गरिब परिवारहरुलाई विभिन्न भागमा विभाजन गरी मन्त्रालयले स्थानीय तहमा तथ्यांक पठाउनेछ । स्थानीय तहहरुले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेलो तथा गरीब परिवारलाई हरियो कार्ड प्रदान गर्छ । अहिले जिपिएस् प्रणालीबाट काम हुने भएकोले सही तथ्यांक संकलन हुने प्रशिक्षक सञ्जिवनी अर्यालले जानकारी दिइन् । 

    images
    images
    images

    प्रत्येक परिवारको घरमुलीसंगबाट परिवारका सदस्य, छनोट भएका गणकले पत्येक परिवारको  आम्दानी, बचत, आम्दानीको स्रोत, रोजगारी लगायतको विषयवस्तुको तथ्यांक लिई सोही तथ्यांक जिपिएस् प्रणालीबाट गणकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनुपर्नेछ । एप्सको माध्यमबाट मन्त्रालयमा पठाइएको तथ्यांकको आधारमा मन्त्रालयले गरीब र गैरगरीब परिवारहरुको छनोट गर्छ । 
       

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij