२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

पहिरोमा पुरिएर आमाछोराको मृत्यु

सोमवार , श्रावण ८, २०८०

  • 913
    Shares
  • 913
    Shares
  • बैतडी, ८ साउन । बैतडीमा पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको छ ।  

    सोमबार बिहान करिब २ बजे पहिरो खस्दा स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको हो । घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए ।

    सोही पहिरोमा पुरिएर स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । उनलाई उपचारका लागि दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको छ ।