२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

डुंगा दुर्घटना हुदाँ २१ जनाको मृत्यु

शुक्रवार , श्रावण १२, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • मनिला, १२ असार । फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ । 

    राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । 

    बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ।

    यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।