images

बिहिवार, बैशाख २० गते २०८१

शिक्षा, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा काम गर्दा आनन्द आएको छ : अग्रवाल

शिक्षा, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा काम गर्दा आनन्द आएको छ : अग्रवाल

images
images
images
शुक्रवार, श्रावण १२ २०८०
शुक्रवार, श्रावण १२ २०८०
  • शिक्षा, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा काम गर्दा आनन्द आएको छ  : अग्रवाल

    राहुल अग्रवाल युवा व्यवसायी हुन् । उमेरले अझै ४० नपुगेका अग्रवाल अटो व्यवसायलाई सफल रुपमा सञ्चालन गर्दै सामाजिक कार्यमा पनि तल्लिन छन् । केही वर्ष अगाडिसम्म व्यवसायमा मात्रै रमाउँदै आएका युवाहरु पछिल्लो समय भने उद्योग व्यवसाय सञ्चालनसँगै सामाजिक क्षेत्रमा खुलेर लाग्ने गरेका छन् । समाजसेवामा लागेर काम गर्न पाउँदा निकै आनन्द लागेको उनी बताउँछन् । राहुल अग्रवाल व्यवसाय सञ्चालनका साथसाथै अहिले राउण्ड टेवल नेपालको राष्ट्रिय अध्यक्षको रुपमा कार्यरत रहेका छन् । अग्रवालसँग राउण्ड टेवल, त्यसले गर्ने कार्य र समाजमा पारेको सकारात्मक विकासको पाटोमा केन्द्रित रहेर खबरपात्रोले कुराकानी गरेको छ । प्रस्तुत छ अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंश :

    images
    images
    images

    राउण्ड टेवल नेपाल कस्तो खालको संस्था हो ?

    यो एउटा सामाजिक संस्था हो । खासगरी ४० वर्षमुनीका समाजसेवा गर्ने हुटहुटी भएका युवाहरुको संस्था हो । शिक्षा, स्वास्थ्य र पर्यावरणका माध्यमबाट समाजसेवाको काम यो संस्थाले गरिरहेको छ । यो अन्तर्राष्ट्रिय संस्था हो । विश्वका ६१ देशमा यो संस्थाले सामाजिक क्षेत्रमा काम गरिरहेको छ । नेपालका मुख्य १२ शहरमा यसका शाखाहरु रहेका छन् । विश्वभर ३० हजार र नेपालमा ५ सय ५० बढी सदस्य रहेका छन् ।

    राउण्ड टेवलले कुन क्षेत्रमा रहेर काम गरिरहेको छ ?

    राउण्ड टेवलले शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा काम गरिरहेको छ । विशेष गरेर हामीले शिक्षा क्षेत्रमा काम गरिरहेका छौं । हामीले देशका विभिन्न क्षेत्रका ६१ वटा विद्यालयमा काम गरेका छौं । ६१ वटा विद्यालयमा पुगेर हामीले ३९० वटा कक्षा कोठा निर्माण गरेका छौं । वार्षिक २५ देखि ३० हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएका छौं । शैक्षिक कार्यक्रमअन्तर्गत एकैदिन १२ शहरका ८० विद्यालयका १ हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गेरका थियो । सोहीदिन मात्रै हामीले ९५ लाख रुपैयाँ सहयोग गरेका थियौं ।

    School sahyog.jpg
    विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै राउण्ड टेवल नेपाल

    त्यसै गरी स्वास्थ्यका क्षेत्रमा पनि काम गरिरहेका छौं । हामीले १० वर्षदेखि रक्तदान कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाएका छौं । यसले केही हदसम्म भए पनि रगतको अभावमा बिरामीले अकालमा ज्यान गुमाउनबाट जोगिएका छन् । गत वर्ष मात्रै हामीले १ हजार २ सय ८५ प्वाईन्ट रगत संकलन गर्न सफल भएका थियो ।

    यसका साथै पर्यावरणका क्षेत्रमा पनि हामीले काम गरेका छौं । पर्यावरण जोगाउनका लागि वृक्षारोपण अनिवार्य शर्त जस्तै बनेको छ । यसलाई ध्यानमा राखेर हामीले वृक्षारोपणलाई अभियानमा रुपान चलाएका छौं । यही साउन २० गतेसम्ममा एक लाख विरुवा रोप्ने योजनामा रहेका छौं । विरुवा लगाएपछि त्यसको संरक्षण पनि गर्नुपर्दछ भनेर हामीले नेपाली सेजा र सशस्त्र प्रहरी बलसँग मिलेर वृक्षारोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाएका छौं । कतिपय ठाउँमा स्थानीय पालिकाको समन्वयमा काम गरेका छौं ।

    स्वास्थ्यका क्षेत्रमा रक्तदान कार्यक्रम मात्रै गर्ने गर्नुभएको छ की अन्य काम पनि गरिरहनुभएको छ ?

    स्वास्थ्यका क्षेत्रमा हामीले रक्तदानका साथमा अन्य काम पनि गरिरहेका छौं । राउण्ड टेवलले थालेसिमिया रोगविरुद्ध पनि काम गरिरहेका छा । हामीले विराटनगरका १२४ जना बच्चालाई थालेसिमियाको निःशुल्क उपचार गरिरहेका छौं । प्रत्येक महिना रगत ट्रान्समिसन गर्नुपर्दछ र औषधी दिनुपर्ने हुन्छ । दुवै चिज हामीले निःशुल्क रुपमा गरेका छौ । त्यस्तै वीरगंजको नारायणी अस्पतालमा डायलासिस वार्ड बनाएर हस्तान्तरण गरेका छौं । यसले स्वास्थ्यका क्षेत्रमा थप टेवा पुगेको महसुस गरेका छौं ।

    यो संस्थामा आबद्ध युवाहरु सामाजिक क्षेत्रमा मात्र क्रियाशिल छन् कि सदस्यहरुका लागि पनि केही गर्ने गरेको छ ?

    होइन, हामी सामाजिक कार्य मात्रै गरेका छैनौं । हामीले आफ्ना सदस्यहरुका लागि पनि नयाँनयाँ काम गर्दै आएका छौं । हामीले समाजसेवाका साथसाथै एकआपसमा चिनजान गर्ने, व्यवसायका विषयमा छलफल गर्ने, व्यवसायमा समस्या आए समाधानका लागि छलफल गर्ने लगायतका विषयमा पनि छलफल गर्ने गरेका छौं । यसले व्यापार व्यवसाय प्रवद्र्धन गर्ने काममा पनि ठुलो टेवा पुगेको छ । हामीहरु बेला मौकामा जुट्ने, व्यापार व्यवसायका विषयमा छलफल गर्ने, समस्या भए त्यसको समाधान गर्ने र बेलामौकामा फेलोसिप कार्यक्रम पनि गर्ने गर्दछौ ।

    अर्को कुरा हामीले कार्यालय व्यवस्थापन, फेलोसिपमा खर्च पनि गर्दै आएका छौं । त्यो हामी आफूहरुले नै उठाएर गर्ने गरेका छौं । कार्यक्रमका लागि संकलन भएको रकम अन्य क्षेत्रमा खर्च गर्दैनौ । अर्को कुरा भनेको सस्थाले खर्चेर कसैलाई पनि घुमाउने गरेको छैन् । जति पनि सदस्यहरु घुम्ने गरेका छन् त्यो आफ्नो खर्चमा जाने गरेका छन् ।

    यसका अलवा के के काम गर्नु भएको छ ?

    हामीले शिक्षामा विद्यार्थी र विद्यालयमा मात्र काम गर्ने होइन । हामीले शिक्षकहरुका लागि पनि तालिम लगायतका काम गर्ने गरेका छौं । सरकारी विद्यालयका शिक्षकशिक्षिकालाई विद्यार्थीहरुलाई पढाउने कलाको विषयमा सिकाउने गरेका छौ । ६ महिनापछि त्यसको फलोअप पनि गरेका छौं । यसले शिक्षाका क्षेत्रमा परिवर्तन ल्याएको महसुस गरेका छौं । विद्यालयहरुमा शौचालय निर्माण गर्ने लगायतका काम पनि गरेका छौं । यसरी काम गर्न पाउँदा निकै खुसी महसुस भएको छ ।

    Rt tol.jpg
    राउण्ड टेवल नेपालले निर्माण गरेकाे शौचालय

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij