२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

बर्दियाको ठाकुरद्वारामा मनाइयो विश्व बाघ दिवस (फोटोफिचर)

शनिवार , श्रावण १३, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बर्दिया, १३ साउन ।
    बर्दियामा विश्व बाघ दिवस–२०२३ मनाइएको छ । दिवसको अवसरमा शनिबार ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा र्याली निकालिएको छ । बाघ चोकबाट निस्किएको बाघ संरक्षण सचेतना र्‍याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर समापन भएको थियो ।  

    IMG_3451.JPG

    बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा निकालिएको र्‍यालीमा विद्यार्थी, पर्यटन व्यवसायी, संरक्षणकर्मी, स्थानीयबासी, कर्मचारीलगायतको सहभागीता रहेको थियो । त्यसअघि ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीलगायतले पूजा गरेका थिए । 

    र्यालीपश्चात आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बाघको संख्यामा वृद्धि हुनु सकारात्मक रहेको बताए । उनीहरुले बढ्दो बाघको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । बाघ र मानिसबीचको द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै स्थानीयलाई आयआर्जनमा जोड्नुपर्ने उनीहरुको भनाइ छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीकाअनुसार हाल बर्दियामा बाघको संख्या १२५ रहेको छ ।

    IMG_3424.JPG

    IMG_3397.JPG
    IMG_3406.JPG
    IMG_3425.JPG
    IMG_3418.JPG
    IMG_3375.JPG
    IMG_3422.JPG
    IMG_3357.JPG
    IMG_3497.JPG

    तस्विर : रबिन्द्र प्रताप गुप्ता/खबरपात्रो