२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरको अध्यक्षमा आचार्य

शनिवार , श्रावण १३, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, १३ साउन ।
    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरको ९ औं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले प्रविन आचार्यको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

    जसको उपाध्यक्षमा मनिषराज पाण्डे, सचिवमा अमित शर्मा पौडेल, उप–सचिवमा विक्रम यादव र सुनिता अर्याल शर्मा, कोषाध्यक्षमा सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।

    त्यसै गरी सदस्यहरुमा सिजन थापा, रुद्र बिक, रोहित सिंह, थमन थापा, मोहित सेठिया, विशाल गुप्ता, सुमित पराजुली, निशान खनाल, असीम शर्मा, भिमसेन साहनी, महेन्द्र साहनी, राम मुक्ति महत, चित्रराज पाण्डेय, महिला सदस्यहरुमा सरस्वती शाक्य, सुजिता थापा, सुनिता थापा मगर र ममता घर्ती मगर निर्वाचित भएका छन् ।

    त्यसै गरी खुल्ला सदस्यमा सन्जिव श्रेष्ठ, रवि श्रेष्ठ, संजोक भट्टराई र योगेश तामाङ निर्वाचित हुनुभएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष अमित लामाले अब राजनीतिक दलहरुले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताए । उनले युवालाई नेकपा एमालेले उत्प्रेरित गर्ने र नेतृत्व समेत दिने बताए ।

    एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले युवा संघ एमालेको शक्ति भएको बताए । उनले युवा संघले युवाका आवाजहरु प्रतिनिधित्व गर्ने बताए ।

    पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बराल (अनुप) ले युवा संघले युवालाई नेतृत्व प्रदान गर्नुका साथै सबल र सक्षम समेत बनाउने बताए ।

    एमाले रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले युवाहरुले अब समाजको देशको नेतृत्व गर्नुपर्ने बताए । उनले युवा संघ पार्टीको र देशकै नेतृत्व गर्न सक्षम भएको बताए ।

    कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्यहरु किरण नेपाल, बुद्धि थापा, विजय अधिकारी, केशव रोका, एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा, युवा संघका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठलगायतले बोलेका थिए ।

    कार्यक्रममा युवा संघ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीले आफ्नो कार्यकालमा गरेका प्रगतिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले कृष्ण मल्ल ठकुरीको कार्यकालमा धेरै रचनात्मक कार्य भएको पूर्ण रुपमा सफल भएको भन्दै प्रशंसा गरे ।