२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एकजनाको मृत्यु

शनिवार , श्रावण १३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • खजुरा, १३ साउन । 
    बाँकेको राप्ती सोनारी गाउँपालिका–४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । शुक्रबार राति अन्दाजी १२ बजेको समयमा राप्ती सोनारी गाउँपालिका–४, हुलाकी राजमार्गअन्तर्गत लट्ठापुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका–३, बनघुस्रीका ३० बर्षीय राम थारुको मृत्युभएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए ।

    इञ्चार्ज आचार्यका अनुसार उक्त मोटरसाइकलमा तीनजना सवार रहेको र मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मोटरसाइकल चालक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको इन्चार्ज आचार्यले जानकारी दिए ।

    मोटरसाइकल सवार अन्य दुई जना राप्ती सोनारी गाउँपालिका–३, बनघुस्रीका २७ वर्षीय हेमकुमार थारु र सोही ठेगानाका ३० वर्षीय प्रकाश थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको वरिष्ठ सई आचार्यले बताए ।