आइतवार , श्रावण १४, २०८०
भैरहवा, १५ साउन ।
जेसीआई सिद्धार्थ लेडी, नेपालको आयोजनामा जारी ‘जेसीज महिना’ अन्तरगत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । जेसीज महिना अन्तरगत अहिलेसम्म दुईवटा कार्यक्रम सम्पन्न भएका छन् ।
जेसीज स्थापना दिवसको अवसरमा सम्मान तथा नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा जेसीआई सिद्धार्थ लेडीले ५ जना महिला रिक्सा चालकलाई नगदसहित सम्मान गरेको अध्यक्ष विष्णु पाण्डेले जानकारी दिइन् ।
एकल महिलासहित ५ जना रिक्सा चालक महिलालाई उनीहरुको कामको कदर हौसला प्रदान गर्नका लागि नगदसहित सम्मान गरिएको अध्यक्ष पाण्डेले जानकारी दिइन् ।
त्यसै गरी दोस्रो कार्यक्रम अन्र्तगत पात गास्ने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १५ जनाले सहभागीता जनाएको कार्यक्रम निर्देशक संगिता आर्चायले जानकारी दिईन ।
जेसीज महिना अन्तरगत १५ गते प्रसाद वितरण एवं फोहर व्यवस्थापन कार्यक्रम, १९ गते साइबर अपराध सचेतना कार्यक्रम, २० गते स्वास्थ्यका लागि दौड, २६ गते वृक्षारोपण कार्यक्रम, २७ गते युवाहरुका लागि मानसिक स्वास्थ्य सचेतना तथा भदौ २ गतेसमापन कार्यक्रम राखिएको पूर्व अध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij