२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

नेपालको समृद्धिको लागि स्वदेशी उत्पादन निर्यात हुनुपर्छ : किस्मत विश्वकर्मा

सोमवार , श्रावण १५, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १५ साउन । 
    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य किस्मत विश्वकर्माले मुलुकलाई समृद्ध बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन । भैरहवामा सम्पन्न अखिल नेपाल ट्रेड युनियन महासंघ रूपन्देहीको भेलामा बोल्दै केन्द्रीय सदस्य विश्वकर्माले श्रम मात्र बेचेर नेपाल समृद्धि नहुने भएकोले देशको उत्पादनमा वृद्वि गर्दै नेपालको उत्पादन निर्यात गर्न सके मात्र देश समृद्धि हुने बताए ।

    नेता विश्वकर्माले सरकार मजदूरको हितमा रहेको बताए । उनले मजदूरको अनिवार्य बीमा तथा सामाजिक सुरक्षा कोषको स्थापना, मजदूरको तलब महंगी अनुसारको वृद्वि गर्नुपर्नेमा जोड दिए । विश्वकर्माले वर्तमान सरकार नेपालको समृद्धि विकास गर्दै गरीबी अन्त्यको निम्ति लागिपरेको दावी गरे । उनले मजदूर नेताहरूले मजदूरको समस्या समाधानका लागि रचनात्मक आन्दोलन गर्नुपर्ने धारणा राखे । 

    यसैबीच दुर्गा मरासिनीको अध्यक्षतामा अखिल नेपाल ट्रेड युनियन महासघ रूपन्देहीको १५ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा ग्यासुद्दीन पठान, सचिवमा प्रभास रिजाल, सह–सचिवमा कमल आचार्य र कोषाध्यक्षमा मीना बगौला चयन भएका छन् ।

    त्यस्तै सदस्यहरूमा होम बहादुर पाण्डे, टार्जन गुरूङ, बालकृष्ण पौडल, तिलकराम पौडयाल, राजेश विक, गणेश चालिसे, संगीता मगर, विष्णु शाह, गणेश हरिजन, केश जिसी रहेको केन्द्रीय सदस्य नारायण हमालले जानकारी दिए ।

    दुर्गा मरासिनीको सभापतित्व तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न भेलामा माओवादी केन्द्र रूपन्देहीका सचिव सन्त कुमार यादव, बहादुर वली, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त मल्ल, केन्द्रीय सदस्य नारायण हमाल, अखिल नेपाल ट्रेड युनियन रूपन्देहीको फ्याक्सन इन्चार्ज राजेश बराहलगायतले बोलेका थिए ।