२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

सोमवार , श्रावण १५, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १५ साउन । 
    संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा सोमबार (आज) उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

    त्यसै गरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइने भएको छ ।

    साथै, वेपत्ता पारिएका व्यक्तिको छानबीन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।