२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

तालाबन्दी खोल्न स्ववियु भैरहवा बहुमुखी क्याम्पसको माग 

सोमवार , श्रावण १५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १५ साउन ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले क्याम्पसमा भएको सम्पूर्ण तालाबन्दी खोल्न र शान्तिपूर्ण सिर्जना गर्न माग गरेको छ । पटकपटक तालाबन्दीले समग्रको क्याम्पसको प्रतिष्ठा र विद्यार्थीहरुको मानसिकतामा नकारात्मक असर परेकाले ४८ घण्टाभित्र तालाबन्दी खोल्न आग्रह गरिएको स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए ।

    सोमबार क्याम्पस प्रमुख अनिल कुमार झालाई ज्ञापनपत्र बुझाउँदै र विज्ञप्ती जारी गर्दै स्ववियुले क्याम्पस प्रमुख नै स्ववियुको संरक्षक भएकाले समस्या समाधान गरी शान्तिपूर्ण र सौहादपूर्ण वातावरण बनाउन माग गरेको छ । 

    चैत ८ गते स्ववियु निर्वाचन सम्पन्न भइ हालसम्म विभिन्न बहानामा पटकपटक क्याम्पस प्रशासन र स्ववियु कार्यालयमा तालाबन्दी गर्दै आइरहेकोप्रति स्ववियुको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।