२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

लायन्स भलवारी सिटीद्वारा छात्रवृति प्रदान 

सोमवार , श्रावण १५, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा । लायन्स क्लव अफ भलवारी सिटीले नेपाल अविनाश अनाथ आश्रममा रहेका २ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । 

    क्लवको ५ औं स्थापना दिवसको अबसरमा तिलोत्तमा १५, कोटिहवा स्थित नेपाल अविनाश अनाथ आश्रममा रहेका को २ जनालाई छात्रवृत्ति प्रदान गरिएको दुर्गा खाम्चा थापाले जानकारी दिईन । 

    उक्त क्षात्रवृत्ति तिलोत्तमा १६ स्थित लिटिल स्टार मा.विका संस्थापक प्राचार्य तथा क्लवका एक्सटेन्सन चेयरपर्सन डी.बी थापाले सौजन्य गरेका थिए । 

    क्लवका कोषाध्यक्ष लक्ष्मी थापाको संयोजनमा भएको कार्यक्रममा बोल्दै लायन्स अन्तराष्ट्रिय जिल्ला ३२५ पी का गभर्नर पि.एम.जे.एफ अर्जुनमान सैँजु, जिल्ला ३२५ पी का संस्थापक गभर्नर पि.एम.जे.एफ नबराज न्यौपाने, क्लवका सचिव लायन राम बहादुर थारू लगाएतले बोल्दै सामाजिक कार्यलाई निरन्तरता जानु पर्ने बताएका थिए ।