२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

सन्धिखर्क नगरपालिकाको सेवा एक हप्ताको लागि बन्द

मंगलवार , माघ ६, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • अर्घाखाँची, ६ माघ ।
    अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र नगरपालिका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमुख भुसाल र कर्मचारीमा कोरोनासंक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक हप्ताको लागि बन्द गरिएको छ ।

    संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गतेसम्म कार्यालयको सम्पुर्ण काम बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बसेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।