२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

सुन तस्करीको सुई जतावाट घुमाए पनि माओवादी तिरै : विष्णु रिजाल

मंगलवार , श्रावण १६, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १६ साउन । 
    नेकपा एमालेका नेता विष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन् । सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको भन्दै एमाले नेता रिजालले सो आरोप लगाएका हुन ।  

    ‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’ 

    उनले सरकारले छानबिनलाई प्रभावित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’