२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

जयसवाल युवा कमिटी भैरहवाद्वारा विद्यार्थीहरुलाई झूल वितरण

बिहिवार , श्रावण १८, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १८ साउन ।
    जयसवाल युवा कमिटी भैरहवा, रुपन्देहीले विद्यार्थीहरुलाई झूल वितरण गरेको छ । कमिटीले बुधबार सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री खजहना आधारभूत विद्यालयमा १५० बढी विद्यार्थीहरुलाई १/१ थान झूल वितरण गरेको हो ।
    जयसवाल युवा कमिटीका अध्यक्ष शिवम जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्रा, जयसवाल सेवा समिति रुपन्देहीका अध्यक्ष अर्जुन प्रसाद जयसवाल, महिला जयसवाल समितिका अध्यक्ष पुनम जयसवाललगायतले बोल्दै डेंगु महामारीको नियन्त्रण र लामखुट्टेको टोकाइबाट जोगिन झूलको महत्व रहेको बताए ।