२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

इनरह्वील क्लब अफ बुटवलको अध्यक्षमा सानु श्रेष्ठ 

बिहिवार , श्रावण १८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, १८ साउन ।
    इनरह्वील क्लब अफ बुटवलको वर्ष २०२३/२४ को अध्यक्षमा सानु श्रेष्ठ चयन भएकी छन् । बुटवलमा भएको २१ औ पदस्थापनमा श्रेष्ठले अध्यक्षको रूपमा पदभार ग्रहण गरेकी हुन् । उनलाई वर्ष २२/२३ का अध्यक्ष यमुना श्रेष्ठले पद हस्तान्तरण गरेकी थिइन् ।

    यस्तै फस्ट भिपीा सम्झना ज्ञवाली, आइपीपीमा यमुना श्रेष्ठ, सेकेण्ड भिपीमा बुलबुल श्रेष्ठ, सचिवमा सोनाली गुरुङ, कोषाध्यक्षमा गंगा श्रेष्ठ, आइएसओमा अनिता श्रेष्ठ, ईडिटरमा गीता थापा चयन भएका छन् । त्यस्तै क्लबको सह–सचिवमा विश्व श्रेष्ठ, सह–कोषाध्यक्षमा मिथिला शर्मा तथा एक्जुकेटिभ मेम्बरहरूमा लुना श्रेष्ठ, सीता ध्वजु, निर्मला श्रेष्ठ र अम्बिका लम्साल चयन भएका छन् ।

    त्यस्तै सल्लाहकारहरूमा राधिका गुरुङ, मञ्जु श्रेष्ठ, शोभा जोशी र सुमन श्रेष्ठ चयन हुनुभएको सचिव सोनाली गुरुङले जानकारी दिइन् ।

    नवनियुक्त अध्यक्ष सानु श्रेष्ठले क्लबले गर्दै आएका कार्यलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्वका कामहरू गर्दै जाने बताउँदै वृक्षारोपणदेखि छात्रवृत्तिसम्मका कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा कार्यक्रममा डिष्ट्रिक्ट ३५० नेपालका डिस्ट्रिक्ट चेयरमेन टुना थापाले इनरह्वील क्लब अफ बुटवलले निरन्तर राम्रा उदाहरणीय काम गर्दै आएको बताउँदै यसलाई निरन्तर दिन आग्रह गरिन् ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दान बहादुर थापा र रोटरी डिष्ट्रिक्ट ३२९२ का ईन्ट्र्याक्ट कमिटी चेयर पर्सन सुरज खनालले क्लबसँग हरेक कार्यमा सहकार्य गर्न तयार रहेको बताए ।

    कार्यक्रममा इनरह्वीलका डेपुटी नेसनल रिप्रीजेटिभ समिरा ध्वजु, इनरह्वील क्लब अफ बुटवलका पूर्व अध्यक्ष सञ्जिला कसजु, मीरा ओझा लगायतले बोलेका थिए ।