२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

एकल महिलामाथि समाजको दृष्टिसम्बन्धी जनचेतनामूलक सडक नाटक

बिहिवार , श्रावण १८, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, १८ साउन । 
    समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ ।
    मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना एवं क्रुवे वुस्ट्रोको सहयोगमा स्थानीय कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन् ।

    कलाकारहरु बाबुराम घिमिरे, विजय पोख्रेल, सुमित्रा चापागाईं, कपिल देव अधिकारी, कामना लम्साल, विमला गैरे, मिनु कार्की, कमल गुरुङलगायतले नाटक मञ्चन गरेका हुन् ।

    कलाकारहरुले घरपरिवारले एकल महिलालाई हेर्ने नजरको बारेमा जानकारी दिदै समाज परिवर्तन गर्न सुझाव दिने गरी प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले एकल महिलालाई रोजगारीमा जोड्ने खालको कार्यक्रम ल्याएको बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष ज्ञान बहादुर रेश्मी, अस्थायी प्रहरी चौकी देवीनगरका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपाने, मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ, सचिव रिता सेन, वडा सदस्यहरु राम प्रसाद न्यौपाने, कला केसी, दिबि डङोरिया, होटल ब्यवसायी केशव राज पाण्डे, गंगा घिमिरे, सुमित्रा नेपाल, हिरा भण्डारीलगायतले बोलेका थिए ।