images

सोमवार, बैशाख १७ गते २०८१

पाकिस्तानमा ९ अगस्तमा संसद विघटन हुने

पाकिस्तानमा ९ अगस्तमा संसद विघटन हुने

images
images
images
शुक्रवार, श्रावण १९ २०८०
शुक्रवार, श्रावण १९ २०८०
  • पाकिस्तानमा ९ अगस्तमा संसद विघटन हुने

    इस्लामबाद, १९ साउन । पाकिस्तानको संसद ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् । 

    images

    सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरुलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद भंग भएको घोषणा गरिएको थियो । यस्तो अवस्थामा अब छिमेकी मुलुकमा निर्वाचनको बाटो स्पष्ट देखिन थालेको छ ।

    मिडिया रिपोर्टका अनुसार शाहबाजले सांसदहरूबाट सुझाव मागेका थिए र कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सेटअपको व्यवस्थाको बारेमा कुरा गरेका थिए। अगस्ट ९ पाकिस्तानी राजनीतिको लागि महत्वपूर्ण हुने भएको छ किनकि यस दिन प्रधानमन्त्री शेहबाजले संसद भंग गर्न राष्ट्रपतिलाई औपचारिक सुझाव पठाउने छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र प्रस्तावमा हस्ताक्षर गर्नुपर्नेछ, कुनै कारणवश त्यसो नगरे संसद स्वतः विघटन हुन्छ ।

    प्रधानमन्त्री शहबाज सरिफले विपक्षीसँग तीन दिनसम्म वार्ता गर्ने आश्वासन दिएका छन् । यो छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष हस्तान्तरण हुनेछ । यद्यपि यदि कुनै सहमति हुन सकेन भने पाकिस्तानको निर्वाचन आयोगले प्रस्तावित नामहरू मध्ये एकलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्नेछ। पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको विपक्षीले लामो समयदेखि चुनावको माग गर्दै आएका छन् ।

    गत वर्ष अप्रिलमा अविश्वास प्रस्तावमार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । विपक्षी दलहरूले संसदमा इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । इमरानले अर्थतन्त्र र विदेश नीतिलाई राम्ररी सम्हाल्न नसकेको उनको आरोप थियो । त्यसपछि विपक्षी दलको गठबन्धन मिलेर सरकार गठन भयो । यो सरकारमा शाहबाज सरिफलाई प्रधानमन्त्री बनाइएको थियो।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij