२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

पहिरोमा पुरिएर एक शिशुको मृत्यु, तीनजना बेपत्ता

शुक्रवार , श्रावण १९, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • चरिकोट, १९ साउन । दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ  भने तीनजना बेपत्ता र तीनजना नै घाइते भएका छन् । 

    गौरीशंकर गाउँपालिका–७, टोपाटारमा बिहीबार राति पहिरो जाँदा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

    बिहीबार रातिको घटना भए पनि टेलिफोन सम्पर्कविच्छेद हुँदा शुक्रबार बिहान मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो । 

    गौरीशंकर–८ बाट खसेको पहिरोले वडा नम्बर ७ मा क्षति गरेको हो । सो पहिरोले पाँच घरमा क्षति गरेको छ । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली खटिएको छ ।