२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

नारायणी नदीमा बगेर युवक बेपत्ता

शुक्रवार , श्रावण १९, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • चितवन, १९ साउन । देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।

    शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।  

    १५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए । बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।