images

आइतवार, बैशाख १६ गते २०८१

तराई–मधेशको भु–भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग

तराई–मधेशको भु–भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग

images
images
images
शनिवार, श्रावण २० २०८०
शनिवार, श्रावण २० २०८०
  • तराई–मधेशको भु–भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग

    काठमाडौ‌, २० साउन । 
    जनमत पार्टीले तराई मधेशको भु–भागलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले सो माग गरेको हो ।  

    images

    काठमाडौंमा केन्द्रिय समिति बैठकपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न मागसमेत गर्दै  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिएक । उनका अनुसार मधेश प्रदेशको प्रमुख शहर वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

    भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेशका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीकोसमेत हाहाकार मच्चिएपछि ज्ञापनपत्र लिएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij