२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा विद्यालयलाई सेनेटरी प्याड मेसिन हस्तान्तरण

शनिवार , श्रावण २०, २०८०

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २० साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले विद्यालयलाई सेनेटरी प्याड र सेनेटरी प्याड डिस्कार्ड मेसिन हस्तान्तरण गरेको छ । क्लबले शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित श्री बेलहिया माध्यमिक विद्यालयलाई उक्त मेसिन हस्तान्तरण गरेको कार्यक्रम संयोजक तथा क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । 

    कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.ले यस्ता सामग्री तथा मेशिनले छात्राहरुलाई सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सराहनीय कार्य गरेको छ ।  ’

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२३/०२४ को अध्यक्षता, रश्मी विश्वकर्माको ध्वजा अभिवादन तथा मनिषा थापा कसौधनको सञ्चालनमा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक को–चिफ एडभाइजर मीना नेपाल पन्थी, रिजन चेयरपर्सन दुर्गा आचार्य, डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर अन्जु सुवेदी, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी संस्थापक अध्इक्ष सुधा कुँवरल, विद्यालयकी प्रधानाध्यापक विना भण्डारी पाठक, शिक्षकशिक्षिकालगायतको उपस्थिति रहेको थियो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले विद्यालयलाई हस्तान्तरण गरेको मेशिन क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले खरिद गरेर प्रदान गरेकी हुन् । रु. २० हजारको लागतमा मेसिन खरिद गरिएको क्लबले जनाएको छ ।