२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका पाल्शिकर नियुक्त

आइतवार , श्रावण २१, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २१ साउन । नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार बिहान यसबारे जानकारी दिएको हो । सामाजिक सञ्जालमार्फत् क्यानले देविकाको नियुक्तिबारे जानकारी दिएका हो । पहिलो पटक नेपालले महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो ।अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविका आवद्ध भएकी हुन् । उनी काठमाडौं आइसकेकी छन् ।  

    नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।