२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

क्षितिज कलेजमा स्वागत तथा बिदाई

आइतवार , श्रावण २१, २०८०

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • बुटवल, २१ साउन । 
    क्षितिज कलेज बुटवलमा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागतका साथै अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको बिदाई कार्यक्रम गरिएको छ ।

    मणिग्राममा एक कार्यक्रमको आयोजना गरी मिष्टर एण्ड मिस फ्रेसर प्रतियोगितासमेत गरिएको जनाएको छ । प्रतियोगितामा दोस्रो सेमेष्टरका ११ जना प्रतियोगीमध्येबाट हेमराज अधिकारी र पुजा पाण्डे विजेता घोषित भएका थिए । 

    क्षितिज ईन्टरनेशनल कलेज स्टुडेण्ट वेलफेयर काउन्सिलको आयोजनामा भएको कार्यक्रममा कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, न्यू होराईजन कलेजका अध्यक्ष निर्मल प्रसाद लाकौल, होराइजन संस्थाका प्रमुख लोकनाथ उपाध्याय, क्षितिजका प्राचार्य डा. सूर्य राना लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

    कार्यक्रममा बुटवल मोडेल कलेजका प्रिन्सिपल नेत्र बस्याल, ईन्द्र भुसाल, विद्यार्थीहरू पुजा भण्डारी, सुवानी भुसाल, प्रशंसा अधिकारी, दल बहादुर थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।