२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

त्रुटीपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा : कमल थापा

आइतवार , श्रावण २१, २०८०

  • 949
    Shares
  • 949
    Shares
  • काठमाडौं, २१ साउन ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटीपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँनयाँ समस्याको दलदलमा भासिएको बताएका छन् । 

    आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नुपरेको सम्पूर्ण समस्याको मुलजड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा ,गरिबी र पछ्यौटेपनको अचुक औषधि भन्ने गलत भाष्य रहेको बताए । सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धविश्वास, रुढीबादी र विभेदमा आधारित रहेको भन्दै गलत भाष्य सृजना गरेको उनको आरोप छ । 

    देशको विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्गचित्र रहेको भन्दै उनले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताए ।