२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

भारतले नेपाललाई दियो  १० लाख डोज कोरोना बिरुद्धको खोप

बुधवार , माघ ७, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • काठमाडौं। भारतले नेपाललाई कोरोना भाइरस बिरुद्धको खोप अनुदानकमा दिएको छ।

    भारतले पहिलो चरणमा १० लाख डोज खोप अनुदानमा दिएको जनाएको छ। काठमाडौंमा आज (बुधबार) आयोजित संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख खोप अनुदानमा दिएको जानकारी दिए।

    पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय क्वात्राद्वारा संयुक्तरूपमा आयोजना गरिएको थियोे। 

    मन्त्री त्रिपाठीका अनुसार अनुदानको खोप बिहीबारदेखि नेपाल ल्याइनेछ। पहिलो चरणमा चिकित्सक, सफाइ, सुरक्षाकर्मी लगायतलाई प्राथमिकता दिई खोप सञ्चालन गरिने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए। खोप सञ्चालनका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ। 

    साथै उनले थप आवश्यक डोज खरिद प्रक्रिया गरेर ल्याइन लागिएको जानकारी दिए।