images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा फैलियो आँखा पाक्ने रोग, यस्ता छन् जोगिने उपाय (डाक्टरको सुझावसहितको भिडियो)

रुपन्देहीमा फैलियो आँखा पाक्ने रोग, यस्ता छन् जोगिने उपाय (डाक्टरको सुझावसहितको भिडियो)

images
images
images
सोमवार, श्रावण २२ २०८०
सोमवार, श्रावण २२ २०८०
  • रुपन्देहीमा फैलियो आँखा पाक्ने रोग, यस्ता छन् जोगिने उपाय (डाक्टरको सुझावसहितको भिडियो)

    भैरहवा, २२ साउन । रुपन्देहीमा आँखा पाक्ने रोग प्रकोपको रुपमा फैलिएको छ । केही दिनयता जिल्लाका सबैजसो स्थानमा आँखा पाक्ने रोग प्रकोपको रुपमा फैलिएको हो । 

    images

    आँखा पाक्ने रोग लागेको बिरामीको संख्या अत्यधिक रुपमा बढेपछि भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले छुट्टै क्लिनिक स्थापना गरी उपचार सुरु गरेको छ ।

    अस्पतालले आँखा पाक्ने रोग लागेका आएका बिरामीहरुलाई एकैठाँउबाट उपचार गर्नका लागि रेड आई क्लिनिक सञ्चालन गरेको अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. ज्ञानेन्द्र लामिछानेले बताए ।

    हरेक वर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या आउने गरे पनि यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको डा. लामिछानेले जानकारी दिए ।

    अस्पतालमा अहिले विगतका दिनको तुलनामा ४ गुणा बढी बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए । उनले आँखा पाक्ने रोग लागेका बिरामीको संख्या बढेपछि स्थापना गरिएको क्लिनिकमा मात्रै दैनिक २ सय बढी बिरामीको उपचार गर्ने गरेको जानकारी दिए ।

    यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुने गरेका छन् । यो भाइरल ईन्फेक्सन हो, यसबाट धेरै आत्तिएर मनपरी रुपमा औषधिको प्रयोग नगर्न डा. लामिछानेले सुझावसमेत दिए ।

    चिकित्सकहरुले आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चश्मा प्रयोग गर्न सुझाव दिएका छन् ।

    आँखा पाक्ने रोग अहिले बालबालिकादेखि लिएर युुवा तथा बयस्कहरुमा बढी मात्रामा देखिएको छ । विद्यालय, कलेजलगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने सक्ने हुँदा यसबाट सहज भएर आफ्नो काम गर्नुपर्ने देखिन्छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij