२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रकृति

मंगलवार , श्रावण २३, २०८०

जब तिमी आफ्नो बाटोबाट टाढा हुन्छौ,
समयले तिमीलाई हेर्नेछ र पर्खनेछ  । 
जब सम्म तिमी आफ्नो बाटोमा फ़र्किन्नौ 
प्रेमको ढोका सधै खोलिरहन्छ प्रकृति  ।।

प्रकृतिले  धेरै ख्याल गर्दछ तिमीलाई 
प्रत्येक घामको किरणलाई अँगालेर बस्दिन्छ ।    
शान्ति र सद्भावको लागि दृस्टी तेज गर्न                                  
कर्तव्य तिम्रो हो, यो सबै जोड्नुलाई ।।

रूखहरूको कानेखुसी  सुनियोस्
नदीको बहावमा, शान्त अनुग्रह खोजियोस । 
प्रकृतिको धुन, एक अनन्त बहाब 
बाहिर खोजे पनि उही, भित्र डुबुल्की मारे पनि उही।। 
बाहिर खोजे पनि उही, भित्र डुबुल्की मारे पनि उही।।