२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

सामुहिक अधिकारका निम्ति आदिवासी दिवसले उर्जा थपोस् : प्रदेश प्रमुख शेरचन

बुधवार , श्रावण २४, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • रुपन्देही, २४ साउन । 
    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले व्यक्तिगत लाभ भन्दा सामुहिक अधिकार र रुपान्तरणका निम्ति आदिवासी दिवसले उर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

    २९ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शेचरनले नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हकहको कार्यान्वयन गरी राज्यको संरचनामा आदिवासी जनजातीहरुको समानुपातिक पहुँच पुर्‍याउन सामुहिक आन्दोलनलाई संगठित गर्न सबै पक्षको ध्यान जानु अनिवार्य रहेको बताए ।

    शुभकामना सन्देशमा उनले भनेका छन्, ‘विश्वका सबै मानव जातीहरुको सँगसँगै आदिवासी जनजातीहरुको पनि सामाजिक, आर्थिक, साँस्कृतिक, राजनैतिक तथा नागरिक अधिकारमा समान पहुँच पुर्‍याउन यो दिवसको महत्व रहेको छ ।’

    संयुक्त राष्ट्र संघको महासभाले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा भएपश्चात् विश्वभरि यो दिवस मनाउँदै आइरहेको छ ।

    365417447_822850209470194_6982249413536099576_n.jpg