२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

कञ्चनमा निःशुल्क आँखा शिविर र औषधि वितरण

बुधवार , श्रावण २४, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • रुपन्देही, २४ साउन ।
    लियो क्लब अफ कञ्चनको आयोजाना तथा कञ्चन गाउँपालिका वडा नम्बर २ र लायन्स क्लब हरैयाको सह–आयोजनामा निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । शिविरमा ६८० जनालाई आँखा परीक्षण गराएका थिए ।

    लियो क्लब अफ कञ्चनका अध्यक्ष सन्तोष कंडेलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ढकालले नेपालमा मनसुन सुरु भएदेखि कैयौं प्रकारका रोगहरुमध्ये आँखा पाक्ने रोग महामारीको रुपमा फैलिएकाले सचेत र सजग रहन आग्रह गरे । उनले शिविर आयोजना गर्ने आयोजक तथा शिविरमा खटिएका प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गरे ।  

    गणेश आचार्यको स्वागत तथा क्लबका सचिव गोविन्द आचार्यको सञ्चालनमा भएको कार्यक्रममा वडाअध्यक्ष टेक बहादुर गुरुङ, कञ्चन गाउँ पालिकाका प्रवक्ता चित्र तुलाचन, लियो क्लबका संस्थापक प्रदिप गिरी, मोहन सुनार, रामबहादुर थापा, गीताराम रिजाल लगायतको उपस्थिति रहेको थियो ।