२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

करहिया मक्रहर खानेपानी उपभोत्ता संस्थामा निर्वाचन 

बिहिवार , श्रावण २५, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • तिलोत्तमा, २५ साउन । 
    तिलोत्तमाको करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पहिलो चरणको मतदान सम्पन्न भएको छ । कुल १२० पार्षद संख्याको लागि आज पहिलो दिनको मतदान भएको थियो । 

    २ हजार २ सय १६ कुल मतदाता संख्या रहेको करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा मतदान २ चरणामा सम्पन्न हुने गरी आज पहिलो चरणको मतदान भएको थियो । 

    पहिलो चरण अन्तरगत सेवा क्षेत्र १ देखि ४ सम्म मतदाता सख्या १ हजार १ सय ६५ जनाले पहिलो चरण अन्तरगत मतदान गरेको संस्थाले जनाएको छ । 

    सेवा क्षेत्र ५ देखि ८ सम्म मतदाता संख्या १ हजार ५१ जनाले भोली मतदान गर्ने तथा दुवै चरणको मतदान सम्पन्न भएपश्चात मतगणना सुरु हुने निर्वाचन संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।